images

मोटरसाइकल दुर्घटनामा परि एमबीबीएस अध्ययन गरिरहेका दुई विद्यार्थीको मृत्यु

काठमाडौं–मोटरसाइकल दुर्घटनामा परि वीरगन्जमा एमबीबीएस अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु भएको छ आइतबार बिहान वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

मृत्यु हुनेहरूमा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।