images
images

माइतीघरबाट नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं–लामो समयदेखी माइतीघर मण्डलमा लगाएको निषेज्ञा हटाउनु पर्ने माग सहित सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ । निषेधीत क्षेत्रमै पुगेर विरोध प्रदर्शमा उत्रिएका नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका छन् ।

उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर !, अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए । प्रदर्शनको क्रममा करिब एक दर्जन प्रदर्शनकारी पक्राउ पनि परेका छन्।

सरकारले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म गत पुसमा निषेधाज्ञा जारी गरेको थियो। यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर सभा, सम्मेलन, विरोध, प्रदर्शन गर्न रोक लगाइएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS