images
images

संघीय संसदको महासचिव नियुक्ती प्रक्रिया रोकिएको भन्दै सभामुख र अध्यक्षले पठाए राष्ट्रपतिलाई स्मरणपत्र

काठमाडौं– संघीय संसद्को महासचिव नियुक्ति प्रक्रिया अड्किएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिलाई स्मरणपत्र पठाएका छन् ।

मंसिर २५ गते तत्कालीन महासचिव डाक्टर भरतराज गौतमले राजीनामा दिएपछि सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्तिका लागि गरिएको सिफारिस अलपत्र परेपछि संसद्बाट राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पठाइएको हो । संसद्को महासचिवमा नियुक्तिका लागि पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरेपनि राष्ट्रपतिको कार्यालयमा किन र के कारणले रोकियो? भनेर स्मरण पत्र पठाएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले उक्त सिफारिस अड्काइदिएपछि पाण्डेलाई गत मंसिर २७ गते संसद् सचिवालयको कार्यवाहक महासचिव बनाइएको थियो। महासचिवमा पाण्डेको नियुक्तिबारे संसद् र राष्ट्रपतिबीच द्वन्द्वको अवस्था देखिएको छ ।

राष्ट्रिय सभाका अध्यक्षको पदावधी सकिन लागेको र नयाँ अध्यक्ष नियुक्त भइसकेपछि मात्रै प्रक्रिया अगाडि बढाउने मोडमा राष्ट्रपति देखिएका छन् । सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दुबै जना नेकपा एमालेबाट आएका कारण उनीहरुले भने बमोजिम प्रक्रिया अघि बढाउन नखोजेको स्रोतको भनाई रहेको छ ।