images

रुस-युक्रेन युद्धमा थप एक नेपालीको मृत्यु

काठमाडौं–रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो ।

रसुवा नोकुण्ड गाउँपालिकाका अध्यक्ष अध्यक्ष नुर्वु स्याङवो घलेका अनुसार मोक्त्तानको मृत्यु भएको खबर परिवार मार्फत जानकारीमा आएको बताए ।

मोक्तान गत भदौमा रुसी सेनामा भर्ती भएका थिए । उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए । त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन ।