images
images
images

बुढीगण्डकी जलविधुत आयोजना निर्माण काम सुरू गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण सुरु गर्न निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित छलफलमा दाहालले बूढीगण्डकी राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएको भन्दै काममा तीव्रता दिन ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र बुढीगण्डकी जलविद्युत् कम्पनीलाई निर्देशन दिएका हुन् ।

१० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेकाले ठूला आयोजनालाई बिलम्ब नगरी अघि बढाउनुपर्ने उनको भनाइ छ । दाहालले जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माणबारे कुनै अलमलमा नपर्न पनि निर्देशन दिए ।

आयोजना बहुप्रतिफलमुखी भएको भन्दै दाहालले यो आयोजनाबाट वर्षातको समयमा देखिने ऊर्जाको दबाब सन्तुलनमा ल्याउने, पर्यटक बढ्ने, माछापालन, भौतिक निर्माण, निर्माण सामग्रीहरूको खपत, रोजगारी सिर्जना लगायत अर्थतन्त्रका धेरै क्षेत्रमा योगदान पुग्ने बताए । आयोजनाको स्रोतका निम्ति मन्त्रिपरिषद् बैठकले पेट्रोलिम पदार्थमा उठ्ने पूर्वाधार करको प्रतिलिटर ५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । दाहालले समन्वय गरी सरकारी कोषहरूमा रहेको रकम पनि परिचालन गर्नुपर्ने बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS