images
images
images

नापी कार्यालय ललिपुरका नापी सर्वेक्षक र लेखापढी व्यवसायी घुस सहित पक्राउ

काठमाडौं– नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी घुस सहित पक्राउ परेका छन् । मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टोलीले तीन जनाई साढे २ लाख घुससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायीहरू दिनेश बन्जरा र विनोद अधिकारी रहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनीहरूले जग्गा कित्ताकाट गरी जग्गा धनी प्रमाणपुर्जा बनाउनका लागि सेवाग्राहीसँग घुस मागेको आरोप छ। घुस मागेको सूचनापछि खटिएको अख्तियारको टोलीले उनीहरूलाई कार्यालय परिसरबाटै पक्राउ गरेको प्रवक्ता घिमिरेले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS