images
images

चुनावबाट हाइज्याकरहरुको अन्त्य गरेपछि मात्रै देश बन्छः रवि लामिछाने

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले हाइज्याकहरुको अन्त्य हुनुपर्ने बताएका छन् । उनले राज्यका निकायहरुलाई स्वतन्त्रता पूर्वक काम गर्न दिएको अवस्थामा मात्रै मुलुक बन्ने प्रष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सभापति लामिछानेले लेख्दै भनेका छन्, राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न सुरु हुन्छ। संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्द्ता गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ। त्यसपछी मिडिया,सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भैरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं ,तलबी सेना अफ बिटमा ननचाऔं। फेस गरौं, फेस नलुकाऔं।

उनले ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउनु पर्नेमा जोड दिएका छन् । सभापति लामिछानेले नागरिकका अधिकारबीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागी दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजालपनि अझ इन्ट्रेस्टिङ बन्रे उल्लेख गरेका छन् ।


सञ्चार माध्यम र पत्रकारहरुसँग संकेत गर्दै उनले स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै नगर्न समेत सुझाव दिएका छन् । अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै बन्छ। चुनाव कहिले ?८४ मा भन्दै आगामी निर्वाचनको प्रतिक्षारत भएको उल्लेख गरेका छन् ।