images

स्वतन्त्र मेयर बालेन,हर्क र गोपालले गरे राष्ट्रिय सभाको निर्वाचन बहिस्कार

काठमाडौं–स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्वार बनेर विजयी भएका तीनवटा चर्चित मेयर गोपी हमाल,हर्क साम्पाङ र बालेन साहले राष्ट्रिय सभाको निर्वाचनमा मतदानलाई बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन् ।

आज बिहान ९ देखि ३ बजेसम्म मतदानको समय तोकिएको भएपनि सम्बन्धित प्रदेशको मतदान केन्द्रमा बालेन, हर्क र गोपी मतदान केन्द्रमा गएनन् । हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर, बालेनको मतदान केन्द्र बागमती प्रदेशको हेटौडा र गोपीको मतदान केन्द्र सुदूरपश्चिमको धनगढीमा थियो ।

मेयर बालेन साहले पूर्व निर्धारित कार्यक्रम अनुसार विभागीय प्रमुखसँग बैठक राखेका कारण मतदान नगरेको बालेनको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले स्पेस समाचारलाई जानकारी दिएका छन् । तीनै जना स्वतन्त्र रुपमा निर्वाचित भएका कारण उनीहरुले आफूहरुलाई दल भन्दा बाहिर उभ्याउँदै निर्वाचन बहिस्कार गरेको जनाएका छन् । बालेन र हर्कले लाैराे र गाेपी हमालले आप चुनाव चिन्ह् लिएर निर्वाचित भएका थिए ।