images

मोदीलाई प्रचण्डको शुभकामना सन्देश,दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास लिएको छु

कठमाडौं–नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७५ औं भारतीय गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७५ औं भारतीय गणतन्त्र दिवसको अवसरमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीट मेन्सन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन,‘भारतको ७५ औँ गणतन्त्र दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी जीलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनले प्रधानमन्त्री प्रचण्डले भारतीय जनताको सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना समेत गरेका छन् । उनले दुई देशहरूबीचको मित्रताको सम्बन्ध अझै प्रगाढ हुँदै जानेछ भन्नेमा म विश्वास समेत व्यक्त गरेका छन् ।

हेर्नुहाेस् यस्ताे छ प्रचण्डकाे शुभकामना सन्देश