images

कांग्रेसले देश निर्माणमा गरेको योगदान बुझाउन सक्नुपर्छः देउवा

काठमाडौं–नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले योगराज उपाध्याय र नुतन थपलियाले कांग्रेस र देश निर्माणमा दिएको योगदानबारे पार्टीले नेपालीहरुमा बुझाउन सक्नुपर्ने बताएका छन् ।

शुक्रवार पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपलिया र उपाध्यायले नेपालको राजनीतिमा ठूलो योगदान दिएको उल्लेख गरेका छन् । सभापति देउवाले दुबै नेताहरुले दिएको योगदानबारे सबै नेपालीहरुलाई बुझाउन जरुरी रहेको बताए । पार्टीको ७८ औं स्थापना दिवसको अवसरमा कांग्रेसले उपाध्याय र थपलियालाई सम्मान गरेको थियो ।

त्यस्तै गरि नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको धारणा राखे । उनले कांग्रेसमा विगतमा गरिएको निःस्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको उल्लेख गरे । सभापति गुरुङले भविष्यको लागि अहिले गौरवमय इतिहास निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।