images
images

दुर्गा प्रसाईं र मनिषा कोइरालाबीच भेटवार्ता

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईं र अभिनेत्री मनिषा कोइरालाबीच भेटवार्ता भएको छ । अभिनेत्री कोइरालाले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई उनकै निवासमा पुगेकी थिइन् ।

अभिनेत्री कोइरालासँगको भेटपछि प्रसाईंले ट्विट मार्फत लेखेका छन, नेपालको वर्तमान राजनीतिक परिदृश्यको बारेमा अन्तर्दृष्टि मनिषा कोइरालासँग भर्खरै सोचनीय कुराकानी भयो। उनको परिप्रेक्ष्य साँच्चै प्रबुद्ध छ, र हामीले परिस्थितिको जटिलताहरूमा प्रकाश पार्ने विभिन्न पक्षहरूलाई छोएका छौं। विचार आदानप्रदान गर्ने अवसरको लागि आभारी छौं।

मनिषाले देशको दुरावस्थाप्रति चिन्ता प्रकट गर्दै आफ्नो राष्ट्र बचाउ महाअभियानप्रति नैतिक समर्थन देखाएको प्रसाईको भनाइ छ ।