images

सूदुर तथा कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात

काठमाडौं– पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भैरहेको हो ।

गए रातीबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लामा वर्षासँगै हिमपात समेत भएको छ । हिउँदभर सुख्खा खडेरीमा रहेका हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ ।

सुदूरपश्चिमका बाजुरा,बझाङ,अछाम,डडेल्धुरा,बैतडी लगायतका जिल्लामा हिमपात भएको छ । त्यसैगरि कर्णाली प्रदेशको मुगु,हुम्ला,जुम्ला र डोल्पा लगायतका जिल्लामा हिमपात भएको स्थानस्यहरुले जनाएका छन् । हिमपातसँगै जाडो बढेको छ भने किसानहरुले खुसी व्यक्त गरेका छन् । हिउँ परेसँगै हिउँदे वाली सप्रिने भन्दै किसानहरुले खुसी व्यक्त गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिए अनुसार आगामी २४ घण्टा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहने छ ।