images

धरहरा पार्किङ खोल्दा बालेन र सरकारबीच विवाद, कहाँ जान्छन् फुटपाथका ब्लक र टायल ? (भिडिओ)

काठमाडौं –सुन्धारास्थित निर्माणाधीन धरहरामा काठमाडौं महानगरपालिकाले जबरजस्ती पार्किङ खुलाएको भन्दै शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको केन्द्रीय आयोजना समन्वय इकाईबीच विवाद भएको छ ।

निर्माण कम्पनीले सरकारलाई आयोजना हस्तान्तरण नगरेको अवस्थामा महानगरले जबरजस्ती पार्किङ खुलाएको भन्दै विरोध इकाईले जनाएको हो । महानगरलाई पत्र लेख्दै इकाईले तत्काल पार्किङ रोक्न निर्देशन दिँदै आयोजनाको काम प्रभावित नगर्न आग्रह गरेको छ ।

निर्माणस्थलको काम बाँकी नै रहेको र हाल पार्किङ सुरु थालिएको तलामा पनि लाइटिङ, फायरफाइटिङ, भेन्टिलेसन लगायतका काम बाँकी रहेको र यसले सर्वसाधारणलाई जोखिममा पार्न सक्ने समेत निर्माण कम्पनी र इकाइले चेतावनी दिएका छन् ।

यसबारेको विस्तृत जानकारी समेटेर तयार पारिएको कार्यक्रम पूर्वाधार निगरानी हेर्न लिङ्कमा क्लिक गर्नुहोस्…