images

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाई अरुण पक्राउ

काठमाडौं–नेपाली कांग्रेसका सांसद एवम् उधोगपति विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ परेका छन् । बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा अरुणलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सिआइबीको आरोप रहेको छ ।

सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ। चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।