images

सदनलाई व्यवस्थित रुपमा चलाउने विषयमा सभामुखले बोलाए सचेतकहरुको बैठक

काठमाडौं–सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सचेतकहरुको बैठक बोलाएका छन् । आगामी २२ गते देखि बस्ने संसद बैठकलाई व्यवस्थित बनाउनका लागि सचेतकहरुको बैठक आव्हान गरेका हुन् ।

बैठक शुक्रबार चार बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ । सिंहदरवारस्थित कार्यकक्षमा बस्ने बैठक आगामी अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहने जनाइएको छ । सभामुख घिमिरेले सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन क्यालेन्डरअनुसार चलाउने तयारी गरेका छन् ।

यस अगाडि आजै प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल दिउँसो २ बजे छलफल गर्दै छन् ।