images

राप्ति नदीका चखेवाचखेवीलाई आहाराको अभाव

काठमाडौं–दाङको भालुबाङस्थित राप्ती नदीका चखेवाचखेवीलाई आहाराको समस्या भइरहेको छ । रूपन्देहीको गैडहवा गाउँपालिका–४ स्थित गैडहवा तालका पाहुना चरा सुइरोपुछ्रे हाँसलाई पनि खानपानका लागि उस्तै सकस थपिएको छ ।

सुनसरीको बर्जु तालका खडखडे हाँसलाई पनि आहारा पाउनै मुस्किल भइरहेको छ । नदी र ताल आसपातका खेतबारी अतिक्रमण गरी घरघडेरी बनाउने र आधुनिक संरचना बनाउन थालिएपछि चराचुरुंगीका लागि चरनको समस्या भएको हो ।

ताल आसपासका क्षेत्रमा आधुनिक संरचना बनाउँदा र पिकनिक स्पट बनाउँदा समस्या थपिएको चराविद्हरू बताउँछन् । खेतीयोग्य जग्गा प्लटिङ गर्ने, घरबार र संरचना बनाउन थालेपछि चरालाई चारोको समस्या थपिएको उनीहरूको तर्क छ । नगदेबालीको खेती गर्दा पनि चरालाई चारोको अभाव हुन थालेको उनीहरूले बताए ।

संरक्षित क्षेत्र, निकुञ्ज र आरक्षबाहिर नेपालमा चराका महत्त्वपूर्ण बासस्थानका रूपमा रहेका कपिलवस्तुको जगदीशपुर जलाशय, सुनसरीको बर्जु ताल, बर्दियाको बढैया ताल र रूपन्देहीको गैडहवा तालमा चरालाई चारो पाउन गाह्रो हुन थालेको हो । यहाँ आउने पाहुना चरालाई ताल आसपास भइरहेका गतिविधिले पनि बाधा पु¥याइरहेका छन् ।