images

बाँसबारी जग्गा प्रकरणः अरुण चौधरी सहितका तीनै जनालाई हाजिर जमानीमा छोड्दै,किर्ते र ठगीको अनुसन्धान भने जारी रहने

काठमाडौं । बाँसबारी जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद एवम् उधोगपति विनोद चौधरीका भाई अरुण चौधरी सहितका तीन जना छुट्ने भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनीहरु छुट्न लागेका हुन् ।

किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर व्यापारी अरुण चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छाड्ने तयारी गरेको हो । दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी,तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले अनुसन्धान नसिएपनि दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो । सीआईबीका अनुसार, उनीहरूविरुद्ध किर्ते र ठगी मुद्दामा अनुसन्धान जारी नै रहने छ ।