images

त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम सर्टलिस्ट

काठमाडौं–नेपालको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि उपकुलपति विहिन बनेको छ । त्रिभुवन विश्वविद्यालयले पहिलो पटह मेरिटका आधारमा खुला प्रतिस्पर्धा मार्फत उपकुलपति नियुक्ती गर्न लागिएको हो ।

जसका लागि ४३ जनाले उपकुलपतिका लागि आवेदन दिएका थिए । आवेदन दिएका मध्ये १४ जनाहरुको सर्टलिस्ट गरेको छ । व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको हो ।

३५ अंक छुट्याइएको विद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनाको शिक्षामन्त्री अशोककुमार राई अध्यक्षताको समितिले विज्ञहरूबाट मूल्यांकन गराएको थियो । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना आवेदकहरूले दरखास्तसँगै बुझाएका थिए ।

प्राज्ञिक अनुसन्धानमूलक परियोजनाबापत ६, पुस्तक प्रकाशनबापत ५, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४, विद्यावारिधि योग्यताका लागि ५ र प्राध्यापकको अनुभवलाई १० अंक तोकिएको छ । कुल १ सयमध्ये ६५ पूर्णाङ्कमा उच्च अंक प्राप्त गर्ने उम्मेदवारको नाम मेरिटका आधारमा सार्वजनिक गरिएको समितिले जनाएको छ ।
यी हुन् सर्टलिस्टमा परेका उम्मेद्वारहरु