images
images
images

रवी लक्षित गगन थापाकाे टिप्पणी, जादुगर हुँ भन्दै लोकरिजाँईको राजनीति गरेर संविधानमाथि प्रहार गरिरहेका छन्

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् ।

शुक्रवार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटनमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भाग लिएको जस्तो देखिएपनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको आरोप लगाएका हुन् । थापाले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिजाँईको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताएका छन् । उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने धारणा राखे ।

महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको पनि उल्लेख गरेका छन् । महामन्त्री थापाले भने,‘दोषी जोसुकै होस् उम्कन हुन्न। निर्दोष जोसुकै होस् पर्न हुन्न। कानुन सबका लागि बराबर हुनुपर्छ । सर्वसाधारण नागरिकले सार्वजनिक सम्पत्ति लुटेर लियो भने उसलाई के हुन्छ, दण्ड हुन्छ। सहकारी ठगे दण्ड हुन्छ। सामान्य कर्मचारीले ढुकुटीबाट राज्यलाई भार लगायो भने दण्ड हुन्छ। भ्रष्टचारी भिआइपी हुँदैन, कांग्रेसले समात्ने मन्त्र यही हो।’

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS