images
images

बाल गायक सुप्रिम मल्ल ठकुरी ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’बाट सम्मानित

काठमाडौं–पछिल्लो सयमका निकै चर्चित बाल गायक सु्िरम मल्ल ठकुरी सरुभत्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० बाट सम्मानित भएका छन् । शनिबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रमकाबीच सरुभक्त केन्द्रले स्थापना गरेको पुस्कार मल्ललाई प्रदान गरिएको हो।

२०६९ साल वैशाख ३० गते बाजुराको हिमाली गाउँपालिका–६ मा जन्मिएका सुप्रिमलाई शिक्षाविद् जर्ज जोन र सरुभक्त श्रेष्ठले संयुक्त रुपमा पुरस्कार प्रदान गरे। पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ। बालबालिकालाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरेको सरुभक्तले बताए।

११ वर्षको उमेरमै उनले सांगीतिक दुनियाँमा शिखर चुमिसकेका छन्। उनले लोक तथा दोहोरी, आधुनिक, चलचित्र, बाल, देशभक्ती गीतसँगै देउडा, सालैजो, ठाडोभाका, गजल, पुर्वेली, लिम्बु, किराँतीलगायतका भाषाभाषीका गीतमासमेत स्वर भरेका छन्। झन्डै १९० गीतमा सुप्रिमले जादुमय स्वर भरेका छन्।

‘नेपालमा हुने सम्मान अधिकांश ठूला व्यक्तिका लागि स्थापना गरिएको छ। प्रेरणा, प्रोत्साहनको आवश्यकता सबैभन्दा बढी बालबालिकालाई रहन्छ’, उनले भने।

राष्ट्रिय बालप्रतिभा पुरस्कार वितरणका लागि साहित्यकार सरुभक्त श्रेष्ठले स्वर्गीय पिता गणेशबहादुर श्रेष्ठ र माता स्वर्गीय लक्ष्मी श्रेष्ठको नाममा ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष खडा गरेका छन्।

पोखरामा २०६० सालमा सरुभक्तको सम्मानमा तीर्थ श्रेष्ठको अध्यक्षतामा साहित्यकार सरुभक्त सरोकार केन्द्र स्थापना भएको थियो। समितिले पोखराकै कुमुदिनी होम्स विद्यालयसँग सहकार्य गरेर २०५६ सालमा पुरस्कार स्थापना गरेर दोस्रो वर्षबाट वितरण थाल्यो।

२०६९ सालसम्म अर्पण गरिएको पुरस्कारबाट ८ जना बालबालिका सम्मानित भइसकेका छन्। ११ वर्षदेखि पुरस्कार वितरण रोकिएकोमा यो वर्ष फेरि निरन्तरता पाएको छ। सुप्रिम देश तथा विदेशमा हुने विभिन्र सांगित कार्यक्रममा सक्रिय सहभागी हुने गरेका छन् । सानै उमेरका उनले पाएको सफलताबाट आम बालबालिकाका लागि प्रेरणाका स्रोत बनेका छन् ।

 

 

A complete Nepali News Portal based on news & views
images
SKIP THIS