images
images

संगीतकार बास्कोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं– जनप्रिय संगीतकार तथा संगीतरत्न शम्भूजीत बास्कोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान हुने भएका छन्।

बास्कोटालाई आगामी फागुन १५ गते ‘साधना म्यूजिक रिवार्ड–२०८०’ मा बासकोटालाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ । आयोजक सामना म्यूजिक क्रिएसनकी अध्यक्ष सामना शाहका अनुसार बास्कोटालाई पाँच दशकदेखि नेपाली संगीतमा पुर्याएको योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिँदैछ ।

बास्कोटा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत हुन् । उनी चलचित्र विकास बाेर्डका पूर्व अध्यक्ष समेत हुन् ।