images

नक्कली प्राध्यापक बनेर उपकुलपतिका लागि आवेदन दिएका एक व्यक्तीको आवेदन खारेज

काठमाडौं–आफूलाई प्राध्यापकको दाबी गर्दै उपकुलपतिका लागि आवेदन दिएका एक व्यक्तिको आवेदन खारेज भएको छ । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि आवेदन दिएका मध्ये एक जना प्राध्यापक नै नभएको फेला परेपछि उनको निवेदन खारेज गरिएको हो ।

सोमबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा उक्त तथ्य सार्वजनिक गरिएकाे हाे । शिक्षा  सचिव सुरेस अधिकारीले  उपकुलपति  आवेदन दिएका एकराज ओझा प्राध्यापक  नरहेकाे जानकारी दिए ।  उनले  ओझाकाे आवेदन खारेज गरेको बताए ।

सचिव अधिकारीले भने,’ एकराज ओझ प्रोफेसर हुनुहुदोँ रहेनु, अधिकारीले भने, त्यसैले उहाँको निवेदन खारेज गरेका हौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४१ पुरुष र २ महिला गरी ४३ प्राध्यापकले दरखास्त दिएका थिए । तर ओझाको आवेदन खारेज गरेपछि ४२ जनाको मात्र नाम स्वीकृत गरिएको सचिव अधिकारीले जानकारी दिए । ४२ जनामध्ये बाट १४ जनाको मात्र नाम सर्टलिष्ट गरिएको छ । सर्टलिष्टमा परेका १४ जनाको प्रस्तुतिकरण आजदेखी सुरु भएको छ ।