images

एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमा नेपालले कुवेतविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं–एसिसी महिला प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल मलेसियाको क्वालालम्पुरमा हुने खेलमा नेपाले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालविरुद्धको खेलमा कुवेतले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपाल समूह डी को विजेता हो भने कुवेत समूह ए को उपविजेता टोली हो ।

नेपालले समूह चरणमा भुटान र हङकङलाई समान ८ विकेटले र माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको थियो । १६ देश सहभागी महिला प्रिमियर कपमा नेपालसहित कुवेत, थाइल्याण्ड, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् ।