images

एकै पटक आधा दर्जन विकास बैंक र फाइनान्स कम्पनी परे कार्बाहीमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले एकै पटक आधा दर्जन विकास बैंक र फाइनान्स कम्पनीलाई कारवाही गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गरेपछि केन्द्रीय बैंकले ३ विकास बैंक र ३ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो । कारवाहीमा पर्ने विकास बैंकमा मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेन्ट पनि कारबाहीमा परेका छन् । यी मध्ये नारायणी डेभलपमेन्ट बैंकलाई नगद जरीवाना गरिएको छ भने अरु ५ वटालाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ । नारायणी डेभलपमेन्ट बैंकले कर्जा–निक्षेप अनुपात उल्लंंघन गरेपछि केन्द्रीय बैंकले २ लाख ४१ हजार ९२४ रुपैयाँ नगद जरीवाना गरेको हो । साथै, अनिवार्य नगद मौज्दात नपुग भएकाले १२ हजार ८४६ रुपैयाँ नगद जरीवाना गरेको केन्द्रीय बैंकले जनाएको छ ।