images
images

माध्यमिक शिक्षा निःशुल्क गर्नुपर्ने माग गर्दैै सर्वाेच्चमा रिट दर्ता

काठमाडौं– माध्यमिक शिक्षा निःशुल्क गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलान्चोक जिल्ला कमिटीले काभ्रेका स्थानीय तह, शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।

रिटमा विद्यार्थीको निःशुल्क पढ्न पाउने संवैधानिक हक विपरीतको कार्य रोक्न विपक्षीहरुले भूमिका नखेलेको कारण विद्यार्थी र अभिभावकलाई आर्थिक पीडा भइरहेको उल्लेख छ ।

नेपालको संविधानको धारा ३१ द्वारा प्रदत्त नेपाली नागरिकले कक्षा १२ सम्मको शिक्षा निःशुल्क रुपमा अध्ययन गर्न पाउने मौलिक हक प्रदान गरिएको अवस्थामा त्यस्तो मौलिक हकमा अनुचित बन्देज लगाउने गरी विद्यार्थीहरुवाट विभिन्न शीर्षक अन्तर्गतको वाहनामा शुल्क असुल गर्ने कार्य भइरहेको रिट निवेदनमा उल्लेख छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS