images
images
images

कांग्रेसभित्र  हिन्दुराष्ट्रको एजेन्डाबारे बहस सुरु,२२ केन्द्रीय सदस्यले पेश गरे विशेष पुरक प्रस्ताव

काठमाडौं–सत्तारुढ दल नेपाली कांग्रेसभित्र  हिन्दुराष्ट्रको एजेन्डाबारे बहस सुरु भएको छ । कांग्रेस पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसका २२ केन्द्रीय सदस्यहरुले हिन्दुराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै पुरक प्रस्ताव दर्ता गराएका छन्।

शुक्रबार पार्टी केन्द्रीय सदस्य तथा प्रदेश कार्यसमितिका सभापतिसहित २२ जना नेताहरूले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै विशेष पुरक प्रस्ताव दर्ता गराएका हुन्।

बैठकमा सहभागी केन्द्रीय सदस्य शंकर भण्डारीले सनातन हिन्दुराष्ट्रको पक्षमा उभिन आग्रहसहित सभापति शेरबहादुर देउवालाई प्रस्ताव पत्र बुझाएका हुन्।

हिन्दुराष्ट्रको पक्षमा उभिन मागसहित हस्ताक्षर गरेर पार्टीमा प्रस्ताव बुझाउनेहरूमा केन्द्रीय सदस्य भण्डारीसहित २२ जना छन्। जसमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीताकुमारी, दिलेन्द्र बडु, डा. डिला संग्रौला, शारदा पौडेल र अर्जनुबहादुर सिंहले हस्ताक्षर गरेका छन्।

त्यस्तै चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादवले पनि हिन्दु धर्मसहितको नेपालको पक्षमा हस्ताक्षर गरेका हुन्।

उक्त प्रस्तावमा कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश कार्यसमिति सभापति शुक्रराज शर्माले हस्ताक्षर गरेका छन्। उनीहरू सबैले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्ममा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर गरेका हुन्।

‘कांग्रेस जस्तो व्यापक जनआधार भएको प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशत भन्दाबढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधार, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिनु ठिक थिएन’, उनीहरूले भनेका छन्। उनीहरूले ७ फागुनदेखि हुने महासमिति बैठकका लागि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उक्त प्रस्ताव लगेका हुन्।

यस्ताे छ विशेष प्रस्ताव

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS