काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला दोषि ठहर रहेको भन्दै उनलाई तत्काल बर्खासत गर्न माग गरे। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री सिंहले उक्त माग गरेका हुन् ।
सांसद सिंहले भने,’बालकुमारी घटनाले मन्त्री ज्वाला दोषि भएको प्रतिवेदनले जनाइसकेको छ ।उहाँलाई यो सरकारले मन्त्रीबाट तुरुन्त हटाउन राप्रपा माग गर्दछ ।’ उनले देशमा न्याय मरिसकेको महसुस गरिरहेको बताए। उनले ललिता निवास र गिरिबन्दु टि-इस्टेमा मन्त्रीहरुलाई उन्मुक्ती र सरकारको दस्तुर तिरेर जग्गा लिएकाहरुलाई कार्बाही गरेको भन्दै आपत्ती जनाए ।


स्पेस समाचार







