images

समाजवादी मोर्चाको संयोजकमा विप्लव

काठमाडौं–समाजवादी मोर्चाले संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ । आईतवार प्रधानमन्त्रीक निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो ।

बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधान अनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । उनका अनुसार बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको छ । त्यस्तै कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने निर्णय पनि भएको छ ।

यसअघि मोर्चाको नेतृत्व नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका थिए । बैठकमा कार्यक्रमका योजनाहरु बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको छ ।