images

समाजिक सद्भाव राख्न महोत्तरीमा हिन्दु र मुस्लिम अगुवाबीच प्रतिवद्धता

काठमाडौं– महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सामा सामाजिक सद्भाव कायम राख्न हिन्दू र मुस्लिम अगुवाहरूले प्रतिबद्धता जनाएका छन् ।

आज गाउँपालिका अध्यक्ष रामनाथ यादवको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा दुवै समुदायका अगुवाहरूले सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका हुन् । महावीर झण्डा मेलाको अवसरमा शनिवार कलश यात्रा निकाल्दा दुई समुदायबीच झडप भएको थियो ।

धार्मिक द्वन्द्व फैलाउन केहि उछृङ्खल व्यक्तिले ढुंगा फालेपछि सुरु भएको झडप नियन्त्रण गर्न प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । बैठकले मेला उत्सव शान्तिपुर्वक गर्ने र अगामी दिनमा सो अवसरमा उछृंखल कार्य गर्नेको पहिचान गरी कारबाही गर्ने निर्णय पनिे गरेको छ ।