images
images
images

कृषिमन्त्री भुसालको राजीनामा माग गर्दै चितवन किसानले सडकमै पोखे दुध

चितवन– दुध बिक्री तथा भुक्तानीमा देखिएको बेथितिविरुद्धको आन्दोलन स्वरूप आज चितवनका दुग्ध किसानहरूले सडकमै दुध पोखेर विरोध जनाएका छन्।

भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा किसानहरू जम्मा भई दुई क्यान दुध सडकमै पोखेर विरोध गरेका हुन्। उनीहरूले कृषिमन्त्री वेदुराम भुसालविरुद्ध चर्को नारासमेत लगाएका छन्। तत्काल कृषिमन्त्री भुसालले राजीनामा दिनुपर्ने माग राख्दै राजीनामा नदिए कडा आन्दोलनको चेतावनी दिएका छन्।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा किसानहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्। सांकेतिक रूपमा सडकमै दुध पोखेर विरोध जनाइएको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए।

उनका अनुसार वर्तमान कृषिमन्त्री असक्षम सावित भइसकेकाले किसानको समस्या समाधान गर्न नसक्ने भएकाले राजीनामा दिनुपर्ने बताए। किसानहरू चरणबद्ध रूपमा दुध बिक्री तथा भुक्तानीसम्बन्धी बेथितिविरुद्ध आन्दोलन गर्ने बताएका छन्।

चितवनमा हाल दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको छ। त्यसमध्ये १ लाख ५१ हजार लिटर काठमाडौँसहित अन्य जिल्लामा बिक्री हुने गरेको संघको भनाइ छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS