images

हिन्दुवादीहरुले गराए वीरगन्ज बजार बन्द, ठाउँ ठाउँमा झडप

वीरगन्ज–वीरगन्जमा सोमबार हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएको छ।

रौतहटको ईशनाथ नगरपालिकाको घिउडा गाउँमा सरस्वतीको मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच पाँच दिनदेखी विवाद जारी रहेकाे छ । उक्त  विवादलाई लिएर साेमबार वीरगन्जमा  हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएका हुन् ।

बजार बन्द गराउँदै हिँडेका हिन्दुवादी र प्रहरीबीच ठाउँ ठाउँमा झडप समेत भएको छ ।त्यस्तै हिन्दुहरुले निकालेको विरोध जुलुशमा मुस्लिम समुदायले समेत विथाेल्न खाेजेपछि प्रहरीले  हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको छ।

अहिलेपनि वीरगन्जको मुख्य बजारको अवस्था तनावपूर्ण नै रहेको छ।चोक चोकमा हिन्दुवादी र मुस्लिमहरु छुट्टाछुट्टै भेला भएर बसेपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

 मुस्लिम समुदायको एक समुहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेको भएपनि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मोहनविक्रम केसीले  स्पेस समाचारलाई जानकारी दिए ।

यस्तै हिन्दु समाजले रौतहट,महोतरी लगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएको भन्दै त्यसमा संलग्नहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ।