images

प्युठान जिल्लामा फागुन १३ गतेदेखि फागुन १९ गतेसम्म दादुरा–रुवेला खोप दिइने

प्युठान– नेपालमा दादुराको संक्रमण बढिरहेका बेला फागुन १३ गते देखि चैत्र ७ गतेसम्म देशभर दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ । सोही अभियान अन्र्तगत प्युठान जिल्लामा पनि फागुन १३ गतेदेखि फागुन १९ गतेसम्म ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले जानकारी दिए ।

सबै तहमा पुर्ण रुपमा खोप नलगाइएका कारण यसको संक्रमण बढिरहेकाले अनिवार्य रुपमा खोपमा आफ्ना बालबालिकालाई लिएर सहभागी हुन जिल्लाबासीलाई उनले अनुरोध गरे । जिल्लामा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा रुबेला सम्बन्धि खोप लगाइदै छ । जसका लागि नौ पालिकाका सवै वडाहरुमा २ सय ७३ खोप केन्द्र तोकिएको छ । फागुन १३ देखि चैत ७ गतेसम्म देशभरि उक्त खोप अभियान सञ्चालन गर्न हालै ६० लाख मात्राको मिजल्स रुबेला खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयको तथ्याकं छ ।

सरकारले अब यो अभियानअन्र्तगत अति उच्च जोखिम मानिएका तराईका २१ र काठमाडौं उपत्यकाका ३ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउनेछ । बाँकी ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी पूरक अभियान सञ्चालन हुँदैछ । पूरक अभियानमा पहिले खोप लगाउन छुटेकालाई मात्र नभइ खोप लगाइसकेकाले पनि थप मात्रा लगाउन मिल्ने बताइएको छ ।