images
images

नैतिक विहिन कायर प्रधामन्त्रीले यो देशलाई भ्रष्टाचारमुक्त बनाउन सक्दैन्ः एमाले

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नैतिकता विहिन र कायर प्रधानमन्त्रीको संज्ञा दिएको छ । विहिबार प्रतिनिधी सभाको बैठकमा पर्यटनमन्त्री सुदन किँराती,लुम्बीनी विकास कोषका उपाध्यक्ष ल्यारक्यार लामा र मन्त्री प्रकाश ज्वालाको राजीनाको संरक्षण गरेको भन्दै उक्त आरोप लगाएको हो।

बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले भने,नैतिक विहिन कायर प्रधामन्त्रीले यो देशलाई भ्रष्टाचारमुक्त बनाउन सक्दैन् ।उनले वहालवाला मन्त्रीलाई अख्तियारले भ्रष्टाचारको आरोपमा वयान लिन बोलाउँदा समेत नगएको भन्दै आपत्ती जनाए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डका पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन्

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS