images
images

बालकुमारी घटनाकाबारे सरकारकाे ध्यानाकर्षण गराउँदै राप्रपाले भन्योः गृहमन्त्री,भौतिकमन्त्री र डिएसीलाई किन जेल नहालेको ?

काठमाडौं–प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीले बालकुमारी घटनाकाबारे पुनः सरकारको ध्यानाकर्षण गराएको छ । विहिबार प्रतिनिधि सभाको बैककमा बोल्दै राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भने,’ललितपुरको बालकुमारीको घटना यदि हत्या हो भने,ती हत्यारा आदेश दिने गृहमन्त्री,त्यहाँ जाने भौतिक पूर्वाधार मन्त्री,गोली हान्ने पक्राउ गरेर किन जेल नहालेको ?’उनले प्रधानमन्त्रीले बालकुमारीको घटना हत्या भएको स्वीकार गरिसकेको बताए ।