images
images

त्रिविको उपकुलपतिको छनौट प्रक्रिया तुरुन्त बन्द गरियाेस्ः एमाले सांसद भट्टराई

काठमाडौं–नेकपा एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको अहिले जारी प्रक्रिया तुरुन्तै बन्द गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै सांसद भट्टराइले स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाउन माग गरेका हुन्।

उनले अहिले जारी छनोट प्रक्रिया बिडम्बनापूर्ण भएको बताए। गत कात्तिक महिनादेखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ। प्रधानमन्त्रीले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेर प्रक्रिया अगाडि बढाउनुभयो। बिडम्बना १ यो प्रक्रिया कुनै स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगको थिएन,’ उनले भने।

भट्टराईले अनुसन्धान र प्रस्तुतिमा असाध्यै कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाको पनि विरोध गरे। प्राध्यापक विश्वविद्यालयको उपकुलपति हुने भन्ने प्रावधान छ। प्राध्यापक उपकुलपति हुने अन्तर्वार्ता कसले लिन्छ भन्दा उपप्राध्यापकले,’ उनले भने।

उनले अहिलेको प्रक्रियाबाट पार्टीभित्रका गुटका मान्छेको लडाइँमा विश्वविद्यालयलाई बन्धक बनाइएको आरोप समेत लगाए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS