images

प्रथम लालबन्दी महोत्सव २०८० सुरु

सर्लाही–कृषि,पर्यटन,उद्योग र व्यापार,स्वरोजगार र आत्मनिर्भरताको आधार भन्ने नाराका साथ सर्लाहीको लालबन्दी नगरपालिकामा प्रथम लालबन्दी महोत्सव २०८० बिहीबारदेखि सुरु भएको छ । उद्योग वाणिज्य संघ लालबन्दीले आयोजना गरेको महोत्सवको मधेस प्रदेश उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले उद्घाटन गरेका हुन् ।

कृषि,उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिबृद्दि गरि सम्बृद्ध र समुन्नत लालबन्दी निर्माण गर्ने उदेश्यले महोत्सवको आयोजना गरेको जनाइएको छ। लालबन्दी नगरपालिका वडा न.६ स्थित राधाकृष्ण खेल मैदानमा १५० वटा स्टलहरु तथा खेल र मनोरञ्जनका सामाग्रीहरू रहेको उधाेग वाणिज्य  संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकीले जानकारी दिए।

फाल्गुन १० गतेदेखि फाल्गुन १९ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याती प्राप्त २ दर्जन भन्दा बढी कलाकारहरूको सांस्कृतिक प्रस्तुत हुने अध्यक्ष बलम्पाकीले जानकारी दिए।

आज सम्पन्न उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरु द्वारा खेल, साँस्कृतिक कार्यक्रम र विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिएको थियो।