images

सिंहदरबारतर्फ अघि बढेका मिटरब्याज पीडितहरूलाई प्रहरीको अवरोध

काठमाडौं–झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले काठमाडौं केन्द्रित आन्दोलन चर्काएका छन् ।

न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । शुक्रबार भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको छ । पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए ।

अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् । सिंहदबार जान नपाएपछि पीडितहरु आक्रोशित बनेका छन् ।