images
images

थापाथली प्रसुति अस्पतालबाट २६ दिनको बच्चा चाेरी

काठमाडौं–काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी २६ दिनको शिशु चोरी भएको छ । शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका एक अपरिचितलाई बच्चा छाडेर रिपोर्ट लिन गएकी थिइन्। आउँदा बच्चा र ती व्यक्ति नभएको जानकारी उनले प्रहरीलाई दिएकी छिन्।

अस्पतालको सीसीटीभीबाट हेर्दा बच्चालाई लिएर अपरिचित व्यक्ति बाहिरिएको देखिएको पाइएको छ।

घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको हो। त्यसपछि करिब १ बजेतिर प्रहरीलाई खबर भएको हो। प्रहरीले ती चोरी गर्ने महिला र बच्चाको खोजी कार्य जारी राखेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS