images

प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी संशोधन विधेयक २०८० पेश

काठमाडौं–राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक २०८० प्रतिनिधि सभामा पेश गरिएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त विधेयक पेश गरेका हुन् । विधेयक पेस गर्दे मन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धि ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्नुपरेको प्रष्ट पारे ।

अब उपप्रधानमन्त्री श्रेष्ठले पेश गरेको उक्त विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुनेछ ।