images

वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणि आचार्यको निधन

काठमाडौं–वरिष्ठ गायक, संगीतकार तथा भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । उनको सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन जनाइएको छ ।

अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

आचार्य स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत भरेका छन् ।

उनका सुपुत्रद्वय सत्यराज र  स्वरूपराज आचार्य नेपाली संगीत क्षेत्रका लाेकप्रिय संगीतकर्मी हुन् ।