images

नेपाल नेदल्यान्ड्सँग दुई रनले पराजित

काठमाडौं–त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत नेपाललाई नेदरल्यान्ड्सले २ रनले पराजित गरेको छ । नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ३४ बलमा ६३ रन बनाएका थिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले बलमा ५० रनको योगदान दिए । उनले ३४ बलमा ५० रन बनाएका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ्गमा उत्रिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तय गरेको थियो ।
यसअघि नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शून्य रनमा आउट भए ।