images

कैलालीमा १४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ

काठमाडौं–कैलालीको टीकापुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीया पुरुषलाई पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।