images

संसदभित्र छिरेका लघुवित्त ऋणीहरुलाई हाजिरी जमानीमा छाडियो

काठमाडौं–संसद बैठक चलिरहेको अवस्थामा एका एक संसद भवन परिसर छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । गत मंगलबार पक्राउ परेका ४९ जना लघुवित्त ऋणीहरुलाई काठमाडौं प्रहरी परिसरले हाजिरी जमानीमा छाडेको हो ।

काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीका अनुसार म्याद थपेर उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । ।

सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन गरिएको थियो । घटनाका बारेमा सरकारले समिति बनाएर अनुसन्धान अघि बढाएको छ ।