images

सहिद हेमनारायण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कारकाे राशी २ लाख ७१ हजार

सिरहा–यहि फागुन २१ गतेबाट आयोजना हुन गईरहेको सहिद हेमनारायण यादव अन्तराष्ट्रिय फुटबल गोल्डकप प्रतियोगिताको खेल तालिका तथा पुरस्कार ट्रफी सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनको आयोजना मार्फत उक्त तालिका सार्वजनिक गरिएको हो । खेलको तालिका र ट्रफी सिरहा नगरपालिकाको मेयर डा. नवीन कुमार यादबले अनावरण गरेका हुन् । “युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान“ नाराका तय गरिएको छ ।

सिरहा नगरपालिकाको सहयोग, जिल्ला फुटवल संघ सिरहाको प्राविधिक सहयोग तथा सलहेश युवा क्लव सिरहाको आयोजनामा खेल हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा अन्तराष्ट्रिय स्तरका १० वटा टीमका खेलाडीहरुबीच खेल हुने सल्हेश युवा क्लब सिरहाका अध्यक्ष राजिप यादवले जानकारी दिए ।

उद्घाटन सत्रको पहिलो दिन डाँगी युथ क्लव वेलवारी, मोरङ र नव जनजागृती युथ क्लव सिमरा, वारा, २२ गते चात्या सा पुस्ताकालय दमक, झापा र बागमती युवा क्लव, सर्लाही, २३ गते सलहेश युवा क्लव सिरहा, निलो र दुधौली स्पोर्ट क्लव सिन्धुली, २४ गते माँ कामाख्या स्पोर्टस क्लव बनारस यु।पी। भारत र हेटौडा फुटबल एकेडेमी मकवानपुर, २५ गतेका दिन २३ गतेको खेलका विजयता र रारा फुटबल क्लव राजारानी धनकुटा, २६ गते २४ गतेका विजयता र सलहेश युवा क्लव सिरहा रातो र २७ र २८ गते सेमीफाइनल, ३० गते फाइनल खेल हुने तालिका सार्वजनिक गरिएको छ ।

फाइनल खेलका प्रथम विजयतालाई नगद रु २ लाख ७१ हजार, ट्रफी र दोस्रो उपविजयतालाई नगद रु १ लाख ३५ हजार, ट्रफी प्रदान गरिने छ । त्यसैगरी खेलका प्रत्यक दिन म्यान अफ द म्याच लगायतका पुरस्कारहरु पनि वितरण गरिने आयोजक टिमले जानकारी दिएको छ।

खेल मर्यादित र व्यवस्थित बनाउन आयोजक टिमलाई सिरहा नगरपालिका मेयर डा. यादवले निर्देशन गरे । खेल दिनको २ः३० बजेबाट सुर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेल मैदानमा हुने भएको हो ।

हेर्नुहाेस् यस्ताे छ खेल तालिका