images
images

‘विन्ध्यवासिनी म्युजिक अवार्ड-२०८०’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक

काठमाडाैं- विन्ध्यवासिनी फाउण्डेशनले १४ औँ संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०८०’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको छ ।

फाउण्डेशनले बुधवार साँझ विभिन्न विधामा मनोनयनमा परेका कलाकारहरुको सूचि सार्वजनिक गरेको हो । आगामी चैत १ गते काठमाडौँमा सम्पन्न हुने कार्यक्रममा २३ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यसअघि नै रु एक लाख राशिसहित ‘विन्ध्यवासिनी सङ्गीत दीर्घसाधना सम्मान २०८०’ बाट गायिका मीरा राणा, रु ५० हजार राशिसहित ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान २०८०’ बाट सङ्गीतकार भूपेन्द्र रायमाझी, रु २५ हजार राशिसहित ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार शान्तिप्रिय तथा रु २५ हजार नै राशिसहित ‘प्रेमध्वज सङ्गीत रत्न सम्मान २०८०’ बाट रुपक डोटेल र ‘झलकमान लोक–सङ्गीत सम्मान २०८०’ बाट लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय भइसकेको छ । यी सम्मान पनि अवार्ड कार्यक्रमकै दिन प्रदान गरिने विन्ध्यवासिनी फाउण्डेशनकी अध्यक्ष लिना रेग्मीले बताइन ।

उत्कृष्ट ५ मनोनयन यसप्रकार छ

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS