images
images
images

चौथो राष्ट्रिय म्युजिक रिवार्ड २०८० सम्पन्न, विभिन्न २३ विधाका कलाकारहरुले चुमे रिवार्ड

काठमाडौं– चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । जसले नियमित रुपमा प्रदान गर्दै आएको रिवार्ड पहिलो र दोस्रो अवार्डकै रुपमा रहेपनि तेस्रोबाट रिवार्ड भएको साधना म्युजिक क्रियशनका अध्यक्ष सामना शाहले जानकारी दिइन् ।

सामना म्युजिक रिवार्डले यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गरेको छ । रिवार्ड वितरण कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसी रहेका थिए ।

लोकदोहोरी विधातर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका पछेउरी शाटनको बाट नलिना परियार, सर्वोत्कृष्ट पुरुष मोडल अभिनयमा बरै बाट विराज विष्ट, सर्वोत्कृष्ट महिला मोडल अभिनयमा तिम्रो घरमा मेरी छोरीबाट टिका जैशी, सर्वोत्कृष्ट पुरुष मोडल नृत्यमा उपहार रातो सल बाट रविन सिंह ठकुरी, सर्वोत्कृष्ट महिला मोडल नृत्यमा आरुषि मगरले रिवार्ड प्राप्त गर्न सफल भएका छन् ।

त्यसैगरि आधुनिक पप÷पप विधा तर्फ सर्वोत्कृष्ट शब्द रचनामा मायाको डोरीबाट विपिन किरण, सर्वोत्कृष्ट संगीतमा पिडाबाट सरोज कोईराला, सर्वोत्कृष्ट गायकमा नखराबाट डेविट शंकर, सर्वोत्कृष्ट गायिकामा साँन्बाबु बाट प्रतिमा के।सी, सर्वोत्कृष्ट मोडल पुरुषमा यो मायामा खोटबाट विक्रम बुढाथोकी, सर्वोत्कृष्ट मोडल महिला आँधी रातबाट निरुता शाही, सर्वोत्कृष्ट भिडियो निर्देशकमा आँधी रातबाट श्रृजन बरालले रिवार्ड प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै कार्यक्रममा सर्वोत्कृष्ट छायाँकार भिरमाहुरीबाट दुर्गा पौडेल, सर्वोत्कृष्ट भिडियो सम्पादकमा सोल्टी बजार बाट अमृत चापागाई, सर्वोत्कृष्ट एरेन्जरमा भन साईलाबाट विश्वास नेपालले प्राप्त गरेका छन् ।

त्यस्तै रिवार्ड कार्यक्रममा पब्लीक च्वाईस अवार्ड एक दिन उज्यालो छाउलाबाट गोविन्द मधुर आचार्य, जुरी अवार्ड मोडल अभिनय नुनको भारीबाट सरस्वती खत्री, जुरी अवार्ड मोडल नृत्यमा फुलफुल्यो अमलाबाट सिम्रन दुलाल, पब्लीक च्वाईस भिडियो निर्देशकमा एक दिन उज्यालो छाउलाबाट काजीश श्रेष्ठले प्राप्त गरेका छन् ।

रिवार्ड कार्यक्रममा यस पटक बरिष्ठ संगीतकार मेलोडी किङ शम्भुजीत बाँसकोटालाई प्रदान गरिएको थियो । सम्मान प्राप्त गरेपछि आफुलाई मुल्याँकन गरेकोमा बाँस्कोटाले खुशी ब्यक्त गरे ।

रिवार्ड कार्यक्रममा विभिन्न सम्मानहरु पनि प्रदान गरिएको थियो । र्याप गायक भरत समारीलाई साधना संगीतकर्मी सम्मान, कलाकार मोडल विजेन्द्र नौवागेलाई साधना कला सम्मान, लोक सञ्चारकर्मी चन्द्रमणी गौतम, साधना लोक सञ्चाकर्मी पत्रकारिता सम्मान, वरिष्ठ साहित्यकार दामोदर पुडाशैनी किशोरलाई साधना विशिष्ट साहित्य सम्मान, सञ्चाकर्मी गोमा परियारलाई साधना सञ्चारकर्मी सम्मान, सञ्चारकर्मी कमला जोशीलाई साधना रंगपत्रकारिता सम्मान, फेशन डिजाईनर कोपिला सुनारलाई साधना फेशन डिजाईनर सम्मान, गायक तथा संगीतकार नवराज ढुङ्गानालाई संगतिकर्मी सम्मान, सर्जन सर्जक डा. प्रकाश पौडेललाई साधना गीतकार सम्मान, कलाकार मोडल प्रमिता राजघतानीलाई साधना कला सम्मान, मेकअप आर्टिष्ट प्रशिक्षक संगीता रानालाई साधना सौन्दर्यकर्मी सम्मान तथा कलाकार मोडल साया भण्डारीलाई साधना कला सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा जुरीका रुपमा गायिका सरु गौतम, गायिका कालीका रोक्कामगर एवं गायिका सञ्जु न्यौपानेलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने सोविता सुर्खेती, पुष्पा परियार, सपना शाही, उमेश लम्साल आदीलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले शुभकामना दिदै रिवार्ड कार्यक्रमले कलाकारहरुलाई प्रोत्साहन गर्ने बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS