images

देउवा र ओलीलाई एक साथ राखेर प्रचण्डले गरे सामूहिक छलफल

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ ।

संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीलाई एक साथ राखेर छलफल गरेका हुन् । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि छलफल हुँदै आएको छ । त्यसमा मुख्य गरी चार विषयमा सहमति जुटेको छैन ।

राष्ट्रिय सभा नजिकैदै गर्दा प्रधानमन्त्री प्रचण्डले टिआरसी विधेयकलाई अगाडि बढाउन खोज्नु रणनैतिक रुपमा हेरिएको छ ।