images

सालिन घटनाबारे गृहमन्त्रीले लिए चितवन प्रशासनबाट व्रिफिङ

काठमाडौं–गृहमन्त्री नारायाणकाजी श्रेष्ठले चितवनको शिशु निकेतन विद्यालयको छात्रावासभित्र बालिका मृत भेटिएको घटनाबारे जानकारी लिएका छन् ।

गृहमन्त्री श्रेष्ठले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डीएसपी श्रीराम भण्डारीद्वारा संयुक्त व्रिफिङ लिएका हुन् ।

गृहमन्त्रीले प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट फोनमार्फत घटनाबारे जानकारीलिएका हुन् । बालिकाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा स्टाटस लेख्दै घटनाको सुक्ष्म अनुसन्धानका लागि आफूले निर्देशन दिइसकेका छन् ।