images

सालिनको पोष्टमार्टम रिपोर्ट सार्वजनिकः मृत्युको कारण बलात्कार नभई ‘ह्याङ्गिङ’

काठमाडौं–चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी सालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । सालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । चिकित्सका अनुसार १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ । प्रहरी स्राेतका अनुसार  उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख गरिएकाे छ ।

उनी होस्टेलमा झुण्डिएको अवस्थामा भेटिपछि शिशु निकेतनका प्रधानाध्यापक सहित तीनजना प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतक बालिकाका बाबुआमाले बालिका झुण्डिएर नभई बलात्कारपछि हत्या गरिएको आरोप लगाएका छन् । उक्त घटनाबारे सत्तारुढ दल नेपाली कांग्रेसले निश्पक्ष छानविन गर्न माग गरेको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाबारे छानविन गर्ने आश्वासन समेत दिएका थिए ।