images

नेपाल निवास कोटेश्वर पुगे देउवा

काठमाडौं– सत्ता फेरबदल भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाललाई भेट्न देउवा कोटेश्वर पुगेका हुन् ।

छलफल गर्न पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न गएका हुन् । यसअघि मंगलबार बेलुका नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । त्यसलगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रवि लामिछाने पनि पुगेको स्रोतले जनाएको छ ।